सरकार विरुद्ध सुनसरीमा कांग्रेसको बृहद प्रर्दशन (तस्विर सहित)

सुनसरी, साउन १५ । ओली सरकारको अधिनायकवाद विरुद्ध देशब्यापी प्रर्दशनमा उत्रिएको नेपाली कांग्रेसले सुनसरीमा पनि बृहद् प्रर्दशन गरेको छ ।

७७ जिल्लाकै जिल्ला कार्यसमितिको आहृवानमा जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरिएको थियो । सोहि क्रममा सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा पनि कांग्रेसले बृहद् प्रर्दशन गरेको हो ।

सुनसरीको प्रर्दशनमा कांग्रेसको भातृसंगठन नेपाल तरुण दलको उपस्थिति बृहद् रहेको थियो । विरोध प्रदर्शनमा धरान, इटहरी, इनरुवा, दुहवी लगायतका क्षेत्रबाट कांग्रेसका जिल्ला, क्षेत्र, नगर तथा गाउँपालिका स्तरका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

भने, तरुण दलले मात्रै तीनहजार बढि तरुणहरुलाई कार्यक्रममा सहभागी गराएको तरुण दल सुनसरी अध्यक्ष सिजन गुरुङले बताए ।

सदरमुकाम इनरुवामा विरोध प्रर्दशन पछिको सभामा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार, सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सांसद मिन विश्वकर्मा, आमन्त्रित केन्द्रिय सदस्य रमा पौडेल लगायतले सरकार सर्वसत्तावादी भएको, देशमा अधिनायकवाद लाद्न खोजेको बताए । उनीहरुले महंगी नियन्त्रण गर्नुपर्ने, विगतमा कांग्रेसको सरकारले विभिन्न निकायमा गरेका नियुक्ति खारेज गर्ने निर्णय फिर्ता लिनुपर्ने लगायतका विषय उठाएका थिए ।

जनप्रर्दशनमा जिल्ला सभापति तथा प्रदेश सांसद राजिब कोइराला, केन्द्रिय सदस्य नगेन्द्र चौधरी सहितका नेताहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

तस्विरमा हेर्नुहोस्

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *