नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशैभर प्रदर्शन गर्ने

काठमाडौं, साउन १५ । मुख्य विपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशैभरि प्रदर्शन गर्ने भएको छ । सरकार लोकतान्त्रिक मुल्य मान्यता विपरित अधिनायकबादी बाटोमा अघि बढेकाले खबरदारी गर्न ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

संसदमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने भए पनि अहिले एकै दलका सभामुख र उपसभामुख रहेका, महंगी रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन गरेको तथा संवैधानिक अंगमा हस्तक्षेप गरेको ठहरसहित सबै जिल्लामा प्रदर्शन गरिने उनले बताए ।

काठमाडौंमा दिउँसो साढे २ बजे रत्नपार्क शान्ति बाटिकाबाट प्रदर्शन हुनेछ । शान्ति बाटीकाबाट भोटाहिटी, असन, इन्द्रचोक, विशालबजार हुँदै फेरि शान्तिबाटीकामै फर्किएर कोणसभा गरिने काठमाडौ जिल्ला कार्यसमितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *