मानवअधिकार, न्याय र शान्ति निर्माण सम्बन्धी सुरक्षाकर्मीलाई तालिम

रुकुम, साउन ९ । रुकुमका सुरक्षाकर्मीलाई, मानवअधिकार, संक्रमणकालीन न्याय र शान्ति निर्माण सम्बन्धी ३ दिने तालिममा सहभागी गराईएको छ । तालिममा नेपाल प्रहरीका १६ र नेपाली सेनाका ११ जना गरी २७ जना सुरक्षाकर्मीले सहभागीता जनाएका छन् ।

३ दिन सम्म संचालन हुने तालिममा मानव अधिकारका आधारभूत पक्षहरु, मानवअधिकार उल्लंघन, अपराध र नेपालको संविधान २०७२ का आधारभूत व्यवस्थाहरुको विषयवस्तुमा छलफल गरिने छ । त्यस्तै द्धन्द र संक्रमणकालिन न्यायका आधारभूत पक्षहरु, संक्रमणकालिन न्याय व्यवस्थाको विधि र प्रक्रिया तथा संक्रमणकालिन न्याय व्यवस्थामा सुरक्षाकर्मीको भूमिका सम्बन्धमा समेत छलफल गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *