आयल निगम कर्मचारी बोनस खातामा तीन अर्ब

काठमाडाैं, साउन १२ । नेपाल आयल निगममा बोनस बाँड्न छुट्याएको रकम करिब तीन अर्ब रुपैयाँ पुगेको छ ।  सरकारले गत तीन आर्थिक बर्षदेखि निगमका कर्मचारीलाई बोनस बाँड्न रोक लगाए पनि निगमले सो शीर्षकमा रकम छुट्याउन छाडेको छैन ।

निगमको शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक बर्ष ०७३ ७४ मा ७७ करोड रुपैयाँ बोनस उल्लेख गरेको लेखापरीक्षणमा प्रतिवेदन पारित गरेसँगै कर्मचारी बोनस शीर्षकमा रकम दुई अर्ब ९३ करोड ७६ लाख रुपैयाँ जम्मा पुगेको हो ।

इन्धन कारोबारमा एकाधिकार पाएको निगमले खुद मुनाफाबाट बोनस शीर्षकमा रकम विनियोजन गर्दै अएको छ ।

बोनस रकम विनियोजन गरे पनि वितरण भने गरेको छैन । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

उपभोक्तासँग पेट्रोलियमक पदार्थमा चर्को मूल्य असुलेर निगमले नाफा कमाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =