यात्रुबाहक बस त्रिशुलीमा खस्यो, २२ जना घाइते

चितवन, साउन ११ । पोखराबाट काठमाडौं आउँदै गरेको ना ६ ख २५०६ नम्बरको बस त्रिशुली नदीमा खसेको छ ।

विपरित दिशाबाट आएको ना ५ ख ७४०९ नं.को ट्रकले लगभग ३०–३२ यात्रु सवार बसलाई ठक्कर दिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, चितवनकी प्रहरी जवान मेनुका श्रेष्ठले जानकारी दिइन् ।

३२ यात्रु मध्ये २३ जनाको उद्धार गरी भरतपुर अस्पताल लगिएको श्रेष्ठले जानकारी दिइन् ।

शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल नदि किनारमा बस खसेको हो ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =