सेवा भन्दा करमा कयौँ गुणा वृद्धि, जनताले भार थेग्न सक्दैनन्– काँग्रेस

काठमाडौँ, साउन ११ । रत्ननगर नगरपालिकाले गरेको कर वृद्धिप्रति नेपाली काँग्रेस रत्ननगर समीतीले आपत्ति जनाएको छ ।

रत्ननगरमा आज पत्रकार सम्मेलन गरी नगर समीतीले कर वृद्धिप्रति आपत्ती जनाएको हो । प्रकृया र पद्धती उछिनेर नगरपालिकाले आफ्नो ढंगले काम कारबाही अगाडी बढाएको भन्दै यस्तो एक पक्षीय पद्धती मान्य नहुने समेत बताएका छन् ।

नगर सभापती रुपनराज घिमीरेले जनताको चाहानालाई उपेक्षा गदै जनहित विपरीत कर हजार प्रतिशत भन्दा बढि भएको भन्दै जनता ठाडो मारमा परेको बताए । करको दायरा बढाउने भनेको जनताले पाएको सेवाको आधारमा हो भन्दै, सेवा भन्दा कयौँ गुणा बढी कर भएकोले जनताले यस्तो भार थेग्न नसक्ने बताए ।

एकीकृत सम्पत्ति कर, व्यावसायिक कर, पर्यटन शुल्क अत्यधिक बढेको भन्दै मौलिक हक अधिकारलाई कुन्ठित पार्ने काम गरेको आरोप लगाए । शिक्षा, स्वास्थ्य, कृषि लगायत व्यावसायिक क्षेत्र प्रति अनुदार हुँदै असली कम्युनिस्टको चरीत्र देखाएको समेत घिमीरेले बताए । शिक्षा क्षेत्रको हकमा स्वतः वडाध्यक्ष विधालय व्यवस्थापन समितीको अध्यक्ष हुने खालको निती पारीत गरेको प्रति आफूहरुको घोर आपत्ति रहेको पनि सम्मेलनमा जनाइएको छ ।

शिक्षा जस्तो संवेदनशील क्षेत्रमा पनि राजनीति गर्न खोजेको भन्दै जनताको हित विपरीतको काम गर्न नदिने बताए । नगर समीतीले नगरपालीकाले गरेको अलोकतान्त्रिक, अव्यवहारीक क्रियाकलाप यथाशक्य छिटो सच्याउन माग गरेको छ । यदि पुरा नगरे जनताले विरोध गर्दा उत्पन्न हुने घटनाको स्वयम् नगरपालीका जिम्मेवार हुनुपर्ने समेत सम्मेलनम जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *