रसुवा: टिमुरेमा पहिरो जाँदा ४ जनाको मृत्यु, ७ जना वेपत्ता

रसुवा, साउन १० । रसुवाको गोसाईकुण्ड गाउँपालिका टिमुरेमापहिरो जाँदा ४ जनाको मृत्यु भएको छ । गएरातीगएको पहिरोले अन्य ७ जना वेपत्ता भएका छन् ।

चीनसँगको उत्तरी नाका रसुवागढी नजिकको टिमुरे बजारमागएको पहिरोको स्थलगत अवलोकनका लागि प्रमुखजिल्ला अधिकारी सहितको टोली त्यसतर्फ गएको छ । टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको छ ।

प्रमुखजिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पुरेको हो । घटनाको विषयमा थप विवरण आउन समय लाग्ने रसुवा प्रहरी जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *