तामाङकाे राजिनामा पछि ढकाल र पोखरेलमध्ये अब काे बन्ला कानुनमन्त्री ?

काठमाडाैं, साउन ९ ।  कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको राजीनामासँगै अबब नयाँ मन्त्री को बन्ला भन्ने कुराकााे चर्चा सुरु भएको छ । आफ्नै अभिव्यक्तिका कारण अालोचित बनेका  मन्त्री शेरबहादुर तामाङले हिजाे दिउँसाे पत्रकार सम्मेलन गरेर राजिनामाकाे घाेषणा गरेका हुन् । 

केही दिन अघि उनले एक कार्यक्रममा बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुले सर्टिफिकेटका लागि आफ्नो अस्मिता सुम्पनु पर्ने कुरा आफुले सुनेको बताएका थिए ।  उनको अभिव्यक्ति गलत भएको र यसले बंगलादेशमा पढेका तथा पढिरहेका छात्राहरुको अस्मितामाथि दावा बोलेको भन्दै सामाजिक सञ्जालमा उनको व्यापक अलोचना पछि उनले राजिनामा दिएका हुन् । अब अर्काे कानुन मन्त्री काे बन्छ भन्ने बारेमा भने नेपाल कम्युनिष्ट पार्टीले औपचारिक निर्णय गरिसकेको छैन ।

तर नेताहरुबीच भानुभक्त ढकाल र कृष्णभक्त पोखरेलमध्ये एक जनालाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार भरे, भोलि नै दुई जनामध्ये एकको बारेमा निर्णय गरेर शपथ खुवाउने तयारी छ । तत्कालीन एमालेका नेता ढकाल मोरङ क्षेत्र नम्बर ३ र पोखरेल चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *