बजेट सार्वजनिक नहुँदा सबै काम ठप्प
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काठमाडाैं, साउन ९ । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५÷२०७६ को बजेट सार्वजनिक गरेको दुई साता बितिसक्दा पनि आफ्ना मातहतका निकायलाई बजेट उपलब्ध नगराउदा सबै काम ठप्प भएको छ ।
बजेट सार्वजनिक हुन नसक्दा सबै विभाग, महाशाखा र योजनाका काम ठप्प भएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।
गएको असार २७ गते महानगरको तेश्रो अधिवेशनको दोश्रो नगरसभामा कामपाले ७ वटा विषयगत क्षेत्रमा १३ अर्व २ करोड १२ लाख ३७ हजार रुपियाको बजेट सार्वजनिक गरेको थियो ।
नगर सभामा सार्वजनिक भएको बैठक महानगरका विभागमा पुग्न नसक्दा योजना कार्यान्वयन गर्नमा गम्भीर समस्या उत्पन्न भएको छ । योजना स्वीकृत गर्न फाइल आउछन, कुन शीर्षकमा कति बजेट परेको छ जानकारी नै छैन–एक विभागीय प्रमुखले भने ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित