यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
चितवन, साउन ७ । भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका छन् ।
काठमाडौँबाट दाङ जान आउँदै गरेको ना ५ ख ९३९९ को बस र वीरगञ्जबाट पोखरा जाँदै गरेको ना ५ ख ५३११ नम्बरको बस राति ११ः५० बजे एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका हुन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अन्यको अवस्था सामान्य रहेको छ । घाइतेमध्ये ११ जना भरतपुर अस्पतालमा र अन्य १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित