कलंकी–नागढुंगा सडकः ‘सरकारले बनाएन, हामी बनाउँछौं’ (फोटोफिचरसहित)

काठमाडौँ, साउन ६ । लामो समयदेखि अलपत्र कलंकी–नागढुंगा सडक निर्माण रोकिएपछि स्थानीयले सांकेतिक विरोध गरेका छन् ।

कलंकी–नागढुंगा बाटो निर्माण दवाव समूह गठन गरि चन्द्रागिरिका स्थानियहरूले आइतबार सडकका खाल्डा पुरेर विरोध प्रदर्शन गरेका हुन् ।

स्थानीयले ‘हाम्रो सडक हामी बनाउँछौं’ लेखिएका प्लेकार्ड बोकेर दुई घण्टा सडक जाम गरेर नाराबाजी समेत गरेका थिए ।

विरोध कार्यक्रममा बोल्दै कंलकी नागढुगां सडक छिटो बन्न नसक्दा लाखौ जनता मारमा परेको भन्दै स्थानीयहरू विरोधमा उत्रिएका हुन ।

बाटोकै कारण सडक जाम, दुर्घटना र विरामीहरूको बाटैमा मृत्युु हुने गरेको कारण दबाब स्वरूप सडकका खाल्डा पुरेर विरोध प्रदर्शन गर्नु परेको संघर्ष समितिका सदस्य तथा समितिका सञ्चार संयोजक रोसन दानीले बताए ।

स्थानीयको प्रदर्शनका कारण केहीबेर राजधानी भित्रिने र बाहिरिने सवारी आवागमन अस्तब्यस्त बन्न पुगेको थियो ।

कलंकी–नागढुंगा बाटो निर्माण दबाब समूह अध्यक्ष ईश्वर लामाले सडक निर्माणका लागि सरकारलाई आग्रह गर्दा गर्दै बाटो बनाउने सरकारले नै आलटाल गरिरहेको कारण यस्तो विरोध गरेको बताए । उनले शैलुङ कन्ष्ट्रक्सनको लापरबाहीले सडक निर्माण प्रभावित भएकाले कारबाही गरेर गति दिन सरकारसँग आग्रह गरे ।

कलंकी–नागढुंगा सडक निर्माण शुरु भएको लामो समय गुज्रिसके पनि यो अझै सम्पन्न भएको छैन । बाटो निर्माण अलपत्र पर्दा स्थानीयले सडक असुविधासँगै धूलो–धुवाको सामना गरिरहेका छन् ।

कलंकी–नागढुंगा बाटो निर्माण दबाब समूह सचिव मोहन डाँगीले अब कंलकी नागढुगां सडक सरकारले नबनाए जनताहरूले बनाउने व्यंग्य गर्दै तत्काल सरकारको ध्यानाकर्षण हुनु पर्ने बताए । बाटो चाँडो नबनाए जस्तोसुकै संघर्ष गर्ने पनि आफुहरू तयार रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =