मलेसियाको भिसा लागेर जान नपाएका कामदारको अन्तिम श्रम स्वीकृति खुल्यो

काठमाडौँ, साउन ६ । मलेसियाको भिसा लागेर जान नपाएका कामदारको अन्तिम श्रम स्वीकृति खुलेको छ । जेठ २ गतेको नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट निर्णय भएको मितिसम्म भिषा स्ट्याम्पिङ् भई अन्तिम श्रम स्वीकृति बाँकी रहेका श्रमिकलाई मात्र अन्तिम श्रम स्वीकृति दिइने अवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकबाट अनुचित र गैकानूनी रुपमा अतिरिक्त शुल्क लिने कार्य भएको भन्दै ती संस्था बन्द गर्ने निर्णयसँगै गत जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्द भएको थियो ।

गैरकानूनी तथा अनुचित कार्य गर्ने संस्थाको कामप्रति भने रोक लगाइएको मन्त्रालयले प्रश्ट पारेको छ ।

मलेसिया जाने श्रमिकमाथि अनुचित असुली गरी विगतमा भएको ठगी अन्त्य गरी सहज प्रक्रियाबाट रोजगारीमा जाने व्यवस्था मिलाउन मन्त्रालय गम्भीर रहेको र गैरकानूनी तथा अनुचित ढंगले श्रमिकमाथि भएको शोषण बन्द गरी समाधान खोज्न विभिन्न माध्यमबाट पहल भइरहेको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताए ।

वैदेशिक रोजगारीका क्षेत्रमा कार्यरत केही संस्थाहरुले मलेसिया जाने श्रमिकहरुबाट गैरकानूनी तवरले विभिन्न नामबाट शुल्क उठाउँदै ठगी गर्दै आएका थिए ।

 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nineteen =