सरकारलाई काम गर्न नदिन अनेक षड्यन्त्र र गतिविधिहरु भइरहेको छ : नेता नेपाल
२०७४ जेठ १५ गते

“
भक्तपुर, साउन ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको सरकारलाई काम गर्न नदिन अनेक षड्यन्त्र र गतिविधिहरु भइरहेको बताएका छन् ।
पुष्पलालको ४० औं स्मृति दिवसको अवसरमा शनिबार पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले नयाँ–नयाँ निहुँ खोजेर सरकारले गरेका राम्रा कामलाई रोक्ने प्रयास भइरहेको बताए।
नेता नेपालले राम्रो कामको समर्थन र नराम्रो कामको सुझाव दिने काम सबैले गर्नुपर्ने भन्दै राम्रा कामको सम्बोधन सरकारले गर्ने र अनुचित कुरा पूरा गर्नुपर्ने बाध्यतामा सरकार नरहेको स्पष्ट पारे । नेता नेपालले विकास र समृद्धिको काम जनस्विकार्य हुने गरी गरिने पनि उल्लेख गरे ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








