बानेश्वर झडपपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न देउवा बालुवाटार पुगे
२०७४ जेठ १५ गते

“
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । नयाँ बानेश्वरमा तरुण दल र प्रहरीबीच झडप भएपछि देउवा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीसँगको भेटमा सभापति देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको त्यस्तै व्यवहार रहे अझ कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिए ।
आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको समाधान बताउँदै देउवाले डा गोविन्द केसीसँग तत्कालै वार्ता गर्न सुझाव समेत दिएका थिए ।
यदि सरकारले मनपरी ढंगले ल्याउन खोजेको विधेयक पुनः अघि बढाए संसद र सडक दुवै ठाउँबाट कडा प्रतिवाद गरिने चेतावनी पनि देउवाले दिएका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








