भारतीय प्रधानमन्त्री मोदीविरुद्ध विपक्षीले ल्याएको अविश्वास प्रस्ताव अस्वीकृत

काठमाडौं, साउन ५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षीले ल्याएको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ । भारतीय संसदको तल्लो सदन लोकसभामा अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुँदा पक्षमा १ सय २६ सांसद तथा विपक्षमा ३ सय २५ सांसदको समर्थन रह्यो ।

सन् २०१४ मा सत्ता सम्हालेयता मोदीविरुद्ध पहिलो पटक संसदमा अविश्वास प्रस्ताव दर्ता गरिएको हो । ध्वनी मतले फैसला नभएपछि संसदमा मतदान नै गरिएको थियो । मतदान पूर्व प्रधानमन्त्री मोदीले सदनमा प्रस्तावमाथि चर्चा गर्दै विपक्षीको कडा आलोचना गगरेका थिए ।

उनले बोलिरहँदा तेलूगु देशम पार्टी र अरु विपक्षी दलका सांसदले नाराबाजी गरेका थिए । विपक्षी सांसदहरुले भने मोदीको आलोचना गर्दै उनी विश्वकै उत्कृष्ट अभिनेता रहेको बताएका थिए । ५ सय ४३ सिट रहेको लोकसभामा भाजपा एक्लैको बहुमत रहेको छ । जसको २ सय ७२ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *