डा. केसीका समर्थककाे प्रदर्शन

“काठमाडौँ, ३ असार । डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै उनका समर्थकले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले डा. गोविन्द केसीको माग पूरा गर्न सरकारसँग माग गरेका छन् । प्रदर्शनका क्रममा उनीहरुले ‘माफियामुखी ऐन चाहिदैन, ओली सरकार कस्तो छ ? श्री ३ जस्तो छ’ लगायतका नारा लगाएका छन् ।

चर्को घाममा पनि छाता ओढेरै समर्थकले प्रदर्शन गरेका थिए । माइतीघरदेखि वानेश्वरसम्म जुलुस निकालेका थिए । जुलुस बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

समथर्कले केसीले राख्दै आएका मागसिहतका ब्यानर र प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *