जुम्ला अस्पतालमा गोली चल्यो, प्रहरी र तीन जना डाक्टरसहित दजनौँ घाइते

काठमाडौँ, साउन ३ । डा. गोविन्द केसी अनसनरत जुम्ला अस्पतालमा गोली चलेको छ । डा. केसीको स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई काठमाडौँ लिन गएको सरकारी टोली, प्रहरी तथा विद्यार्थी र केसीको समर्थकबीच झडपका क्रममा डा. केसी अनशनरत खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चलेको हो ।

यद्यपी गोली कसले चलायो भन्ने अझै खुल्न सकेको छैन । गोली लागेर एकजना सिभिल ड्रेसमा गएका प्रहरी घाइते हुनुका साथै तीन जना डाक्टर घाइते भएका छन् ।

घाइते हुनेमा डा सन्दिप श्रेष्ठ, डा. सिद्धार्थ खाती र उमेश काफ्ले छन्। उनीहरू सबैको अहिले प्रतिष्ठानकै बेडमा राखेर उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ ।

यस्तै प्रहरीको लाठी प्रहारबाट दर्जनौ विद्यार्थी र विरामी कुरूवा घाइते भएका छन्। घाइतेहरुले अहिले प्रतिष्ठानको इमर्जेन्सी वार्ड भरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *