दाङमा भेटीयो डंगर गिद्धको ५ गुड

दाङ, साउन १ । दाङमा संकटापन्न अवस्थामा रहेको डंगर गिद्धको ५ गुड भेटीएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ कात्तिके बिसमुरेको संझना सामुदायीक बनमा गुड फेला परेको गिद्धमा अनुसन्धान गरिरहनुभएका सुमन घिमिरेले जानकारी दिनुभयो ।

नेपाल पंक्षि संरक्षण संघ, पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङ र गिद्धमा अनुसन्धान गरिरहनुभएका घिमिरेले दाङमा गिद्धको संख्या पत्ता लगाउनगुड खोज्ने क्रममा सामूदायिक वनमा ५ गुड फेला परेको हो । सो स्थानमा गिद्धको संख्या धेरै देखिए पनि गुड ५ वटा मात्रै भेटीएको र अझै हुन सक्ने अनुमान गरिएको पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले बताउनु भयो ।

दाङमा भेटीएका गुडमा टाँचा पनि लगाईएको छ । गिद्ध संरक्षण्का लागि भन्दै टाँचा लगाईका रुख काट्न नपाईने रावतले बताउनुभएको छ । खोजिमा संलग्न नेपाल पंक्षि संरक्षण संघका प्रतिनिधि अंकित विशाल जोशिले जिल्लाभरी नै गिद्धको गुड गडना गरिने र सबै ठाउँमा टाँचा लगाईने बताउनुभएको छ ।

पछिल्लो समयमा डंगर गिद्धको संख्या ९९ प्रतिशतसम्म घटेपछि संरक्षणको अभियान थालिएको राष्ट्रिय गिद्ध सञ्जालका अध्यक्ष समेत रहनुभएका रावतले बताउनुभयो । नेपालमा हाडफोर, सेतो, डंगर, सानो खैरो, हिमाली, खैरो, राज, सुन र लामो ठुडे गिद्ध गरेर ९ प्रकारका गिद्ध पाइन्छ ।

यी मध्ये डंगर र सानो खैरो प्रजातिको गिद्ध लोप हुने अवस्थामा रहेको संरक्षणकर्मीहरुले बताएका छन् । संसारमा २३ प्रजातिका गिद्ध पाइन्छ भने दक्षिण एसियामा ९ प्रजाति र नेपालमा पनि ९ प्रजातिका गिद्ध पाइने अनुसन्धानकर्ता घिमिरेले बताउनुभयो । गिद्ध संरक्षणका लागि भन्दै दाङसहित देशभर ७ गिद्ध रेष्टुरेण्ट खोलिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *