कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली थाइल्यान्ड प्रस्थान

काठमाडाैं, साउन १ । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १९ खेलाडीसहित ४७ सदस्यीय नेपाली टोली हिजाे थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेको छ ।

आगामी साउन २ देखि ६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा सहभागी हुन जान लाग्नुभएका टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र प्रशासन विभाग प्रमुख वासुदेव आचार्यले आज एक कार्यक्रमवीच बिदाइ गर्दै सफलताको शुभकामना दिनुभयो ।

सहभागी खेलाडीमा कृति गौतम, डिगम्बरप्रसाद पन्त, सुजन श्रेष्ठ, फिन्छोक दोर्जे लामा, सुशील पौडेल, मणिकुमार सुनुवार, सोनाम लामा, प्रकाश खड्का, मनीषा मोक्तान, आयुशा तामाङ, कृष्ण नगरकोटी, आशिष थापा, विनय लिम्बू, आर्यन रन्जित, पेमा डोल्मा तामाङ, हिरादेवी राई, रोहित राई, अशेष मगर र विवेक राईले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै टोली नेतामा नारायणदेव राणा, प्रशिक्षकमा कराते प्रमुख प्रशिक्षक शोभितराज प्रसाईं, राजेन्द्र कपाली, महेश रन्जित र देवी पुन, व्यवस्थापकमा रामकृष्ण श्रेष्ठ हुनुहुन्छ ।

अफिसियलमा किसनराज सिंह, राधा मताङ्गी, एनिला प्रधान, हस्ना खड्गी, हरिबहादुर राउत, अच्यूतराज लामिछाने, प्रेमबहादुर कोइराला, जीवन गुरुङ, दीपक चापागाईं, विकासविक्रम शाह, अनन्त गौतम, शैलेन्द्रकुमार भुसाल, विनोद ठकुरी, कुमार कट्वाल र रोहन बानियाँ हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *