पर्यटन प्रवर्द्धनका लागि भिडियो प्रतियोगिता हुने

कठमाडौँ,असार ३२ । नेपाल पर्यटन वोर्ड र गैरआवासीय नेपाली संघले नेपालको पर्यटन प्रवर्द्धनका लागि भिडियो प्रतियोगिता गर्ने भएका छन् ।

नेपालको पर्यटन भूगोल क्षेत्रको सम्भावना तथा पर्यटकीय वस्तु र सेवालाई विश्व सामु पहिचान गराउनको लागि भिडियो प्रतियोगिता आयोजना गरिएको एनआरएनए पर्यटन प्रवर्द्धन उपसमितिका सहसंयोजक बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

लग्जेम्वर्गमा आयोजना हुने ११ औं युरोपक्षेत्रीय बैठक तथा ९ औँ युरोप क्षेत्रीय महिला भेलाको अवसरमा प्रतियोगिताका विजेता घोषणा गरिने आयोजकले जनाएको छ ।

भिडियो प्रतियोगितामा सहभागीहरुले आफ्नो भिडियो २३ जुलाईसम्ममा पेश गर्नुपर्ने छ । समितिले पेश भएका उत्कृष्ट १० भिडियोलाई चयन गर्ने छ । चयन भएका यी १० वटा भिडियो मध्ये पहिलो, दोश्रो र तेश्रोको छनोट गरी पुरस्कृत गरिनेछ ।

पहिलो हुनेलाई १ लाख, दोश्रो हुनेलाई ७५ हजार र तेश्रो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । बाँकी ७ प्रतियोगीहरुलाई २ जनाको दरले नेपालभित्र यात्रा, होटेल र यात्राको प्याकेज उपलब्ध गराईने सहसंयोजक श्रेष्ठले बताए ।

प्रतियोगितामा सहभागी भिडियो बढिमा ३ मिनेटको हुनु पर्ने र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनु पर्नेछ ।

भिडियो प्रतियोगिताले पर्यटकहरुलाई नेपाल भ्रमण गर्न उत्साहित पार्न नेपालको संस्कृति, परम्परा, पर्यटकीय दृश्यहरु, दुर्लभ पर्यटकीय स्थलहरु, चार्डपर्वहरु, धार्मिकस्थल, प्रकृतिक सम्पदाहरु, मौलिक खान पान आदिलाई समेटेर बनाईएको हुनु पर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 8 =