संसद बैठकमा शोक प्रस्ताव पारित, सोमबार सम्मका लागि बैठक स्थगित

काठमाडौँ, असार ३१ । संघीय संसदको आइतबारको बैठक भोली (सोमबार) सम्मका लागि स्थगित भएको छ ।

आजको संसद बैठकमा पूर्व संविधानसभाका सदस्य तथा नेकपाका नेता मोहम्मद मुस्ताक आलमको निधन भएकोमा शोक प्रस्ताव पारित गर्दै भोली सम्मका लागि स्थगित भएको हो ।

आइतबारको बैठकमा शिक्षामन्त्री गिरिराजमणी पाखरेलले ‘चिकित्सा शिक्षा विधेयक २०७५’ कार्यक्रम रहेको थियो भने नेकपाकी सांसद विन्दा पाण्डेले संकल्पको प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको थियो ।

पूर्व संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री समेत रहेका नेकपा नेता आलमको शुक्रबार बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारको क्रममा भएको निधनको स्मृति गर्दै शोक प्रस्ताव पारित गरी बैठकलाई स्थगित सभामुख कृष्ण बहादुर महाराले जानकारी गराएका हुन् ।

२०७० सालको निर्वाचनमा तत्कालिन एमाले पार्टीका उम्मेदवारका रुपमा आलमले रौतहट–२ बाट चुनाव जितेका थिए । २०२२ सालमा जन्मिएका आलम प्रभावशाली मुस्लिम नेता थिए ।

अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव धुम्बाराहीस्थित पार्टी कार्यालयमा शनिबार बिहान ८ देखि १० बजेसम्म राखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *