जोन इस्नरलाई हराउँदै केभिन एन्डरसन विम्बल्डन टेनिसको फाइनलमा

काठमाडौं , असार ३० । कीर्तिमानी म्याराथोन खेलमा अमेरीकी खेलाडी जोन इस्नरलाई हराउँदै दक्षिण अफ्रिकी खेलाडी केभिन एन्डरसन विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन ।

अल इंग्ल्याण्ड क्लबमा भएको खेलमा विम्बल्डनको इतिहासमा दोस्रो लामो खेलमा एन्डरसनले इस्नरलाई तीन दुईको प्रतिस्प्र्धात्मक सेटमा हराए । पाँच सेटसम्म चलेको खेलमा चार सेट टाइब्रेकरमा पुगेका थिए ।

यतिमात्र होइन अन्तिम सेट ५० सम्म पुगेको थियो । ६ घण्टा ३५ मिनेटसम्म चलेको खेलको अन्तिम सेटमात्र दुई घण्टा ५० मिनेटसम्म पुगेको थियो । जसमा ३२ वर्षीय एन्डसरले पहिलो सेट ७–६ ले जित्दा दोस्रो सेट ६–७ ले गुमाए ।

टेनिसको इतिहासमा अहिलेसम्मको सबै भन्दा लामो खेल ११ घण्टा ५ मिनेटसम्म चलेको छ । जुन २०१० को विम्बल्डनमा इस्नर र फ्रान्सका निकोलस महुत बीच भएको थियो । यस्तै तेस्रो सेट पुन: ६–७ ले गुमाएका एन्डरसले चौथो सेट ६–४ ले आफ्नो पक्षमा पारे ।

पाँचौ तथा अन्तिम सेट भने २६–२४ ले जित्दै कीर्तिमानी खेलबाट फाइनलमा पुगे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =