कान्तिपुरको प्रधान सम्पादकमा वाग्ले नियुक्त

काठमाडौँ, असार २९ । कान्तिपुरको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त भएका छन् । कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले एक समारोहबीच वाग्लेलाई कान्तिपुर पब्लिकेशन्सबाट प्रकाशित कान्तिपुर दैनिक र नेपाल साप्ताहिकको प्रधान सम्पादकमा नियुक्त गरेका हुन् ।

समारोहमा सिराहियाले शुक्रबार नै प्रधान सम्पादक सुधीर शर्माले दिएका राजीनामा स्वीकृत गरीएको जानकारी गराएका थिए ।

वाग्ले स्थापनाकालदेखि नै कान्तिपुरसँग आवद्ध थिए भने सन् २००८ मा छाड्नु अघि पाँच वर्ष कान्तिपुर दैनिकको प्रधान सम्पादक भइसकेका छन्।

कार्यक्रममा अध्यक्ष तथा प्रबन्ध निर्देशक सिरोहियाले भने, उहाँ विविध कारणले यो हाउसबाट दश वर्ष अघि अलग हुनु भएको थियो, उहाँको अनुभव, इमान्दारिता र व्यावसायिकताका कारण हामीले उहाँलाई फेरी फर्काएका छौं, उहाँको नेतृत्वमा कान्तिपुरले थप उचाई लिने छ।’

समारोहमा नवनियुक्त प्रधान सम्पादक वाग्लेले आफु टीममा विश्वास गर्ने उल्लेख गर्दै भविश्यमा कान्तिपुर र पत्रकारितालाई थप उचाईमा पुर्‍याउनका लागि सबैलाई साथ लिएर काम गर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *