चीनमा विस्फोट हुँदा १९ को मृत्यु, १२ घाइते

काठमाडौँ, असार २९ । चीनमा एक औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

चीनको सिचुवान प्रान्तमा रहेको यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको हो भने १२ जना घाइते भएका हुन् ।

रसायनिक भट्टी विस्फोट हुँदा सो दुर्घटना घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तर विस्फोट के कारणले भयो भन्नेबारे भने केही पनि खुलाइएको छैन । विष्फोटपछि ठूलो आगलागी भएको र आकाशमा फैलिएको धुँवाको तस्वीरहरु चीनको सामाजिक सञ्जालमा राखिएको बीबीसीले जनाएको छ ।

यो सन् २०१५ पछि ठूलो विस्फोट हो । यसअघि सन् २०१५ मा उत्तर–पूर्वी बन्दरगाह शहरका रुपमा चिनिने तियाङजिङको रसायनिक गोदाममा आगलागी हुँदा १२५ जनाको मृत्यु भएको थियो ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *