छाडा चौपायाका कारण बर्दगोरिया गाउपालिकामा तनाब

कैलाली, असार २८ । कैलालीको बर्दगोरिया गाउपालिकाभित्रका छाडा पशुु चौपायाका कारण बौनिया बजार क्षेत्रमा तनाव भएको छ । बर्दगोरिया गाउपालिका कार्यपालिकाको बैठक बसि वडा अध्यक्षहरुको संयोजकत्वमा यहि २६ गते जुम्लाको कनका सुन्दरी गाउपालिका पठाउने निर्णय अनुसार २६ गते नै १५० छाडा चौपाया जुम्ला पठाएका थिए ।

कनका सुन्दरी गाउपालिकाको एक गाई एक घर बनाउने अभियान अनुसार बर्दगोरिया गाउपालिकाले गाई जुम्ला पठाएको थियो । गाउपालिकाले जिल्ला समन्वय समिती कैलालिमा गाई पठाए बापत कर समेत तिरेको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्किले बताए ।

बर्दगोरिया गाउपालिकाको बौनिया बजारबाट सत्मार्ग अभियान नेपालका अध्यक्ष शेर बहादुर कलेलले जिल्ला प्रशासन कार्यालयमा फोन गरेर गाई अबैधानिक तरिकाले पठाई रहेको भन्दा गाई फिर्ता आएका हुन ।

बर्दियाको बासगढीबाट बुधबार र दाङ को कुसुमबाट बिहीबार गाई फिर्ता आएपछि बर्दगोरिया गाउपालिकाका किसान आक्रोशित भएका छन् । बर्दगोरिया गाउपालिकासंगको सहकार्यमा धनकुटाको छतर गाउपालिकाको वडा न ८ मा रहेको भट्टराई गाई फर्मले २५ गाई पाल्ने हेतुले लग्दा दाङको कुसुमबाट बिहीबार फिर्ता आएपछि माहोल झन तनाबपूर्ण बनेको छ ।

यतिबेला किसानका रोपाई गरेका खेतमा पसेर रोपाई नै खाने गरेका कारण किसान झन आक्रोशित भएका हुन । किसान गोकर्ण प्रसाद खतिवडाले आफुले केहि दिन अगाडी रोपेको धान सबै खाई दिदा अझ रोप्न पर्ने अवस्था रहेको बताए ।

यो समस्या खतिवडाको मात्र नभई बर्दगोरिया गाउपालिकाका अन्य किसानहरुको पनि अवस्था यस्तै छ । यसरी किसानका खेतबारिमा पसि राती राति लगाएको अन्नबालि खाई दिदा थाेरै खेतबारी  हुने किसानले टाउकोमा हात राखेर रुन पर्ने अवस्था आएको हो ।

तराईको चर्को गर्मीमा दिनभरी खेतमा धान रोपेर आयो राति भएपछि सबै गाई गोरुले खाइदिएर सखाप पारेपछि तनाब भएको अर्का किसान तथा संघर्ष समितीका अध्यक्ष चक्र बिष्टले बताए ।

बर्दगोरिया गाउपालिकास्थित बौनिया इलाका प्रहरी कार्यालय अगाडी बिहीबार पीडित कृषक संघ समितीले धर्ना दिएको छ । साथै समितिले छाडा चौपायालाई ब्यवस्थापन नभए सम्म कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

इलाका प्रहरी कार्यालय बौनियाका इन्चार्ज कलेन्द्र बिक्रम शाहीले माहोललाई शान्त पार्न लम्की र सुखडबाट थप प्रहरी मगाउन परेको बताए । शाहिका अनुसार अब यसलाई गाउपलिकाका अध्यक्ष ,वडा अध्यक्ष लगाएत स्थानिय सबै बसि सहमतिका आधारमा अगाडी बढ्नु पर्ने बताए

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *