मोस्ट वान्टेड गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान प्रहरी नियन्त्रणमा

काठमाडौँ, असार २८ । गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनलाई बिहिबार काठमाडौँबाट पक्राउ गरेको हो ।

मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा प्रहरीले लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको आरोपमा तीब्र रूपमा खोजी रहेको थियो ।

बुद्धचित्त मालाको तस्करीमा पनि संलग्न सत्मानमाथि गत वर्ष काभ्रेमा किसानको माला लुटपाट गरेको समेत आरोप लागेको थियो । उनी यसअघि रक्तचन्दन तस्करीमा समेत मुछिएका थिए ।

प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेको थाहा पाएसँगै दावा लामा काठमाडौँबाट बाहिरीइ भारतको सिक्कीममा लुकेर बस्न थालेपछि उनको कारोबार सत्यमान लामाले सम्हाल्दै आएको र थप अनुसन्धान थालिएको परिसरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *