उपत्यकामा दिउँसो ट्रिपर चलाउन नपाइने

काठमाडौँ, असार २७ । गृह मन्त्रालयले दिउँसोको समयमा उपत्यकाका तीन जिल्लाभित्र ट्रिपर चलाउन नपाइने निर्णय गरेको छ ।

ट्रिपरको ठक्करबाट मृत्यु हुनेहरुको संख्या दिनानुदिन बढ्न थालेपछि गृहले उपत्यकाका तीन वटै जिल्लामा ट्रिपर चलाउन नपाइने निर्णय गरेको हो ।

गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो । अब राति आठ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर चलाउन पाइनेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका थिए । जसमध्ये ४० वटा दुर्घटना ट्रिपरकाे कारणले भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *