मालपोतमा कृषिमन्त्री खनालको अनुगमन, भ्रष्टचारको अखडा नबनाउन निर्देशन

काठमाडौँ, असार २७ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले कलंकी मालपोत कार्यालयको अनुगमन गर्दै १४ बुँदे निर्देशन दिएका छन् ।

राज्यमन्त्री रामकुमारी चौधरी, सचिव गोपीनाथ मैनाली सहितको मन्त्रालयको टोलीले मालपोतको कामप्रति सेवाग्राहिको गुनासो बढेको भन्दै कार्यालयलाई कडा निर्देशन दिएको हो ।

कार्यालयमा पुगेर सेवाग्राहीका गुनासा सुनेपछि मन्त्रीले फटाफट काम नहुनु, सेवाग्राहीको चाप बढ्नु, अव्यवस्थित हुनुको कारण मागेका छन् ।

यस्तै एउटै सेवाग्राहीको पछाडी धेरै मान्छे लाग्नुको कारणबारे जवाफ माग्दै मन्त्री खनालले कित्ताकाटको पछिल्लो विवरण, सेवाग्राहीले आफैँ फर्म भर्न पाउने व्यवस्था गर्ने उपाय र माालपोत तथा नापी कार्यालयप्रति देशभरका जनतामा नकारात्मक छाप रहेको नभुल्न स्मरण गराएका छन् ।

‘यो भ्रष्टाचारको अखडा हो, त्यहाँ कहिले पनि शुद्ध हुन्न भन्ने कुरालाई निमिट्यान्न पार्नुपर्छ । मैले यो मन्त्रालय सम्हालिसकेपछि मालपोत र नापीबाट मात्र निलम्बित कर्मचारीको संख्या ७० नाघेको छ, मैँले हेरिरहेको छु’, कृषिमन्त्री खनालले भने, ‘यस्तै हो भने त मालपोत र नापीका कर्मचारी सकिन्छन त । यी समग्र विषयमा सुधार ल्याउनु पर्छ ।’

उनले यी विषयमा सुधार ल्याउन कलंकी मालपोतका अधिकृत नविन किशोर अधिकारीको राय समेत मागेका छन् ।

मन्त्रीको प्रश्नको जवाफ दिँदै अधिकृत अधिकारीले सकेसम्म सेवाग्राहीलाई समस्या नपरोस् र छिटो काम होस् भनेर काम गरिरहेका दाबी गरे ।

अधिकारीले अहिले अनलाइनबाट फारम भर्ने र डकुमेन्टहरु इस्क्यान गरेर राख्न निर्देशन दिइएको तर इस्क्यान गर्न धेरै समय लागेको र इन्टरनेटको समस्या रहेको जवाफ दिएका छन् ।

इन्टरनेट नै नचलेपछि सोमबार सूचना टाँसेर कार्यालय नै बन्द गरेको समेत अधिकारीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *