नेकपाको सचिवालय बैठकद्वारा नियमावली पारित

काठमाडौं, असार २७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको नियमावली पारित गरेको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नेकपाको नियमावली पारित गरेको हो ।

कार्यदलले स्थायी समितिको सुझावसहित परिमार्जन गरेको नियमावलीलाई बुधबार बिहान बसेको पार्टी सचिवालय बैठकले पारित गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नियमावली अनुसार सबै पार्टी कमिटी र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्य योजना बनाउन तत्काल सचिवालयको अर्को बैठक बोलाउने निर्णय पनि गरेको छ ।

विषयवस्तु टुंगिसकेकाले महासचिवले भाषा सम्पादन गरेर एकदुई दिनमा नियमावली प्रकाशन हुने बताइएको छ।

नियमावली पारित भएको र यो सँगै विधानलाई प्रकाशनमा पठाउने तथा तल्लो तहमा छिट्टै एकता प्रक्रिया अघि बढ्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपामा प्रदेश र जिल्लागत संरचना, विभागलगायतका विषय नियमावलीमा समावेश गरिएको छ।

जनवर्गीय संगठन र कमिटीहरुको एकीकरण गर्दा दुवै संगठनका नेताहरुको सुझावलाई मूल आधार बनाउने पनि नियमावलीमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *