संघीय संसद: संसदीय सुनुवाइ समितिको पहिलो बैठक आज बस्दै

काठमाडौं, असार २६ । संघीय संसदको संसदीय सुनुवाइ समितिको पहिलो बैठक आज बस्दैछ । संघीय संसदको पहिलो बैठक बसेको चार महिनापछि हिजो मात्र गठन भएको समितिको पहिलो बैठक मध्यान्न १२ बजेका लागि बोलाइएको छ ।

पहिलो बैठकको सभापतित्व राजपा सांसद लक्ष्मणलाल कर्णले गर्नुहुनेछ । समिति सदस्य योगेश भट्टराईका अनुसार, प्राथमिकताका आधारमा प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजदूतहरुको सुनुवाइ सम्बन्धित पक्षको सिफारिसका आधारमा तय गरिनेछ ।

प्रधानन्यायाधीशका लागि दिपकराज जोशीको नाम सिफारिस भएपनि समिति नबन्दा अघि बढ्न सकेको थिएन । सम्भवतस् पहिलो बैठकले आजै उहाँको सुनुवाइ प्रक्रिया अगाढि बढाउने सांसद भट्टराईले बताउनुभयो ।

प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट ३ गरी १५ सदस्यीय समितिमा राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख र कानुन मन्त्री पदेन सदस्य हुने व्यवस्था छ ।

प्रतिनिधिभाको हिजोको बैठकले नेकपाबाट भट्टराईसहित सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, अमृता थापा, शिवकुमार मण्डल, निरुदेवी पाल र पार्वत गुरुङ, कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधान र पुष्पा भुषाल, राजपबाट कर्ण र संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठको नाम अनुमोदन गरेको हो ।

राष्ट्रिय सभाले भने समितिमा जितेन्द्रनारायण देव, सुमन प्याकुरेल र नन्दा चपाईंलाई पठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *