जंगली च्याउ खाँदा ६ बिरामी, एकको अवस्था गम्भीर

दाङ, असार २५ । दाङमा जंगली च्याउ खाँदा ६ जना बिरामी परेका छन् ।

बिरामी हुनेहरुमध्ये घोराही उपमहानगरपालिका–९, खैरा निवासी ४३ वर्षीया बालिका डाँगीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

डाँगीको हाल बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आइतबार बेलुका च्याउ खाएलगतै बेहोस भएकी बालिकाको आज बिहानसम्म पनि होस खुल्न नसकेको भन्ने खबर आएको प्रहरीले बताएको छ ।

कोहलपुरमै उपचार गराइरहेकी सोही ठाउँ निवासी ४० वर्षीया हिमा डाँगीको अवस्था भने सामान्य बन्दै गएको छ । च्याउ खाएर बिरामी परेकामध्ये घोराही– ९ दुबिचौर निवासी थप चारजना भने राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको उपचारपछि घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *