मलेसियाको श्रम स्वीकृति खुल्ने, नयाँ माग पत्र नल्याउन श्रममन्त्री विष्टको निर्देशन

काठमाडौँ, असार २४ । सबै प्रक्रिया पूरा गरेर मलेसिया जान नपाएको कामदारको अन्तिम स्वीकृति खोलिने भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार व्यवसायीसँग आइतबार दिउँसो छलफल गर्दै यसरी रोकिएका कामदारको विवरण माग गरेका हुन् ।

छलफलमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला समेत सहभागी थिए ।

वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी र पार्टी निकटका व्यवसायीलाई बोलाएर मन्त्री विष्टले नयाँ माग पत्र भने नल्याउन निर्देशन दिएका छन् । मलेसियामा अहिले देखिएको समस्या समाधानका लागि पहल भइरहेता पनि समय लाग्ने भएकाले नयाँ माग पत्र नल्याउन मन्त्रीले निर्देशन दिएका हुन् ।

मलेसिया सरकारसँग छलफल सकरात्मक भइरहेको, परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा एउटा टोली पठाउने तयारी भइरहेको र त्यहाँ पनि नयाँ सरकार भएकाले केहि समय लाग्ने मन्त्री विष्टको भनाई छ ।

राज्यले महत्वपूर्ण निर्णय लिँदा केहि घाटा पनि व्यहोर्नु पर्ने भन्दै साना तिना विषयमा अल्झिएर वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने कार्यमा सहयोग गर्न मन्त्री विष्टले आग्रह गरे । समस्या समाधान भइसकेपछि मलेसिया जाने प्रक्रिया अहिलेकै अवस्थाबाट सुरु हुने र व्यवसायीलाई फेरि झन्झट नहुने मन्त्रीले आश्वसन दिएका छन् ।

मलेसियामा अहिलहेको समस्या देखिनुमा मन्त्री कर्मचारी देखि विभिन्न निकायको संलग्नता पाइएको र प्रमाण जुटाउने काम भैरहेको मन्त्री विष्टले बताए । उनले भने, ‘तपाईंहरु ढुक्कु हुनुहोस् हामी प्रमाण जुटाउँदैछौं, समय दुई तीन महिना लाग्ला कर्मचारी त के पूर्व मन्त्रीलाई पनि छाडिँदैन ।’

मलेसिया सिन्डिकेटमा संलग्न धेरै मान्छे कारबाही पर्ने देखिएको व्यवसायीसँगको छलफलमा मन्त्रीले बताएको श्रोतले जानकारी दिएको छ ।

कार्यदलले पनि एक हप्तादेखि १० दिन भित्रमा प्रतिवेदन बुझाउने र व्यवसायीका पनि केहि सुझाव भए ल्याउन मन्त्रीले भनेका छन् ।

यस्तै मन्त्रीले अव व्यवसाय कसरी अगाडी बढाउने भन्ने विषयमा तयारी गर्न र केहि सुझाव भए ल्याउन निर्देशन दिएका छन् । श्रोतका अनुसार मन्त्री विष्टले धरौटी बढाउने निश्चित भएको र अढाई तीन सय भन्दा बढि म्यानपावर व्यवसायी अवाश्यक नरहेको बताएका छन् । श्रोतले अनुसार १४ सय म्यानपावर व्यवसायी नचाहियो र संसदीय समिति पनि बन्दै गरेकाले त्यसपछि ऐन संशोधन गरेर समस्या सुल्ट्याउने बताएका छन् ।

यसका लागि दुईदेखि तीन महिना लाग्न सक्ने मन्त्रीको भनाई छ । वैदेशिक रोजगार व्यवसायी संघका अनुसार भिसा १ हजार ३ सय ६६ जनाले अन्तिम श्रम स्वीकृति पाएका छैनन् । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले मलेसिया जाने कामदार ठगेको भन्दै विभिन्न संस्था खारेज गर्ने निर्णय गरेपछि उनीहरुको पनि प्रक्रिया रोकिएको हो । यहि निर्णका कारण निर्णय पहिले नै मलेसिया जाने प्रक्रिया पूराका कामदार समेत जान पाएका छैनन् ।

उनीहरुले स्वास्थ्य परीक्षण, अभिमूखिकरण तालिम, बिमा, लगायतका प्रक्रियामा खर्च गरीसकेका छन् । भिसा क्यान्सिल गर्दा पनि खर्च हुने भएकाले उनीहरुलाई पठाउने विकल्प खोज्न व्यवसायीले मन्त्रीसँग माग गरेका हुन् । ५ हजार ७ सय ७५ जनाको कलिङ भिसा आए पनि थप प्रक्रियाका लागि धने नलगिएको संघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *