२२ वर्षपछि बेल्जियम सेमिफाइनलमा, आत्मघाती गोलले ब्राजिल घर फर्कियो

काठमाडाैं, असार २३ । बेल्जियम २२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा ब्राजिललाई २–१ गोलले पराजित गर्दै बेल्जियम सन् १९८६ पछि सेमिफाइनलमा पुुगेको हो । सर्वाधिक विजेता ब्राजिलका लागी १३ औं मिनेटको आत्मघाती गोल नै हारको कारण बन्यो ।

खेलको १३ औं मिनेटमा ब्राजिलका फर्नान्डिन्होले आत्माघाती गोल गरेपछि ब्राजिल १–० ले पछि परेको थियो । डि ब्रुइनले ३१ औं मिनेटमा बेल्जियमको अग्रता दोब्बर पार्यो ।

रोमेरु लुुकाकुुको पासमा ब्रुुइनले गोल गरे । पहिलो हाफमा २–० ले पछि परेको ब्राजिलले ७६औं मिनेटमा गोल फर्काए पनि विश्वकपको अघिल्ले यात्राका लागि पर्याप्त भएन ।

समूह चरणका सबै खेल जितेको बेल्जियम अन्तिम १६ को खेलमा भने समस्यामा परेको थियो । सुरुमा २–० ले पछि परेको बेल्जियमले जापानसँगको खेलमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेर आएको हो ।

विश्वकपको इतिहासमा यस्तो पुनरागमन गरेर खेल जित्ने बेल्जियम पछिल्लो ४८ वर्षमा पहिलो टिम हो । ब्राजिलले भने पछिल्ला २५ खेलको अपराजित यात्रा टुुङ्ग्याएको छ । बेल्जियम मार्टिनेजको प्रशिक्षणमा पछिल्ला २४ खेलमा अपराजित रहेको छ ।

ब्राजिल र बेल्जियमबिच अहिलेसम्म चार पटक भेट भएको छ । सन् १९६३ मा भएको पहिलो मैत्रीपूर्ण खेलमा बेल्जियम ५–१ ले विजयी भएको थियो । तर त्यसपछिका तीन खेलमा ब्राजिल विजयी भएको छ । विश्वकपमा भने यो दोस्रो भेट हो । बेल्जियमले ५५ वर्षपछि ब्राजिलविरुद्ध जीत दर्ता गरेको हो ।

सन् २००२ को विश्वकप फुटबलको अन्तिम १६ मा ब्राजिलले बेल्जियमलाई २–० ले हराएको थियो । त्यो खेलमा दोस्रो हाफमा रिभाल्डो र रोनाल्डोले गोल गरेर जित दिलाएका थिए ।

ब्राजिल लगातार सातौँपटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । यसअघि दुईपटक मात्रै यो चरणमा पराजित भएको छ । सन् २००६ र २०१० मा ब्राजिल क्वाटरफाइनलबाट बाहिरिएको थियो । २०१४ माजर्मनीसँग ७–१ को लजास्पद हार ब्यहोरेको ब्राजिल यस पटक भने क्वाटरफाइनल बाटै बाहिरियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *