विश्वकप: आजबाट क्वाटरफाइनलका खेल सुरु (समय तालिकासहित)

काठमाडौं, असार २२ । रसियामा जारी विश्वकपमा फुटबलमा आजबाट क्वाटरफाइनलका खेल सुरु हुँदैछन् । आज हुने पहिलो खेलमा साँझ पौने ८ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ । दोश्रो खेलमा राति पौने १२ बजे ब्राजिलले बेल्जियमको सामना गर्नेछ ।

समूह चरणमा गोल नखाएको उरुग्वेले अन्तिम १६ को खेलमा पोर्चुगललाई २–१ ले पराजित गरेको थियो । यो विश्वकपमा उरग्वेले व्यहोरोको यो एक मात्रै गोल हो । फ्रान्सविरुद्ध उत्रिँदा उरुग्वेका स्टार खेलाडी काभानी मैदान बाहिरै हुने छन् । पोर्चुगलसँगको खेलमा घाइते भएका काभानीले आजको खेल नखेल्ने निश्चित जस्तै छ । सुवारेज पनि पूर्णरुपमा फिट छैनन् ।

उता फ्रान्सका भने उरुग्वे विरुद्धको खेलमा सबै स्टार खेलाडी फिट छन् । अन्तिम १६ को खेलमा केलिन एमबाप्पे चम्किदा अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको थियो । फ्रान्स समूह चरणमा एक बराबरी र दुईमा जीत निकाल्दै अघि बढेको हो ।

दोश्रो खेलमा ब्राजिलले बेल्जियमको सामना गर्दैछ । पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरी खेलेको ब्राजिल त्यसपछिका खेल निरन्तर जित्दै अघि बढेको हो । बेल्जियम भने अन्तिम १६ को खेलमा अप्रत्यासित पुनारगमन गर्दै अन्तिम आठमा पुगेको हो । जापाननले २–० ले पछि पारेको अवस्थामा अन्तिम ३५ मिनेटमा ३ गोल गर्दै नतिजा उल्ट्याएर बेल्जियमले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

 

समूह विजेताका रुपमा अघि बढेका यी दुई टोलीमध्ये बेल्जियमको अन्तिम १६ को खेल निकै रोमाञ्चक र संघर्षपूर्ण रह्यो । जापानसँग दोस्रो हाफमा २–० ले पछि परेको खेलको इन्जुरी समयमा निर्णायक गोल गर्दै बेल्जियम ३–२ ले विजयी भएको थियो ।

त्यसको तुलनामा ब्राजिलको यात्रा सहज रह्यो । नेयमारको उच्च प्रदर्शनबाट प्रेरित ब्राजिलले मेक्सिकोलाई २–० ले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *