डा. केसी इमर्जेन्सीमा, मिर्गौलामा समस्या

जुम्ला, असार २१ ।   अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको छ । आजको  नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

उनलाई अनशनस्थल (जिल्ला खेलकुद विकास समितिको कभर्डहल) बाट एम्बुलेन्समा अस्पताल ल्याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए ।

‘एक्कासि मिर्गौलामा समस्या भएपछि कसैलाई सोध्ने कुरा भएन, अस्पताल पुर्याएका छौँ,’ डा. रोकायाले भने । केसीको जीवनरक्षाका लागि स्थानीय नागरिक समाजले राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्ला र स्थानीय प्रहरी प्रशासनलाई दबाब दिँदै आएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *