भिएलएनका सञ्चालकलाई छाड्ने आदेश छानविनमा

काठमाडाैँ, असार २० । भिएलएनका सञ्चालक रामकुमार श्रेष्ठलाई सामान्य धरौटीमा छाड्न दिइएको आदेशको छानविन हुने भएको छ । मलेसिया जाने कामदारको भिसा प्रक्रियाको काम गर्न खडा गरेर ठगीरहेको अभियोगमा पक्राउ परेका श्रेष्ठलाई सामान्य धरौटीमा छाड्न दिएको आदेशको न्यायापरिषदले छानविन गर्ने भएको हो ।

न्यायपरिषदको दुई सदस्यीय छानविन समितिले काठमाडौँ जिल्ला अदालतका जिल्ला न्यायधीश अम्बर बहादुर बस्नेतको आदेश छानविन गर्ने भएको हो । न्यायपरिषद्को छानविन समितिमा रामप्रसाद सिटौला र पदम प्रसाद वैदिक रहेका छन् । सदस्य सिटौलाले न्यायपरिषदले उजुरी आएका जुनसुकै आदेश पनि छानविन हुने बताए ।

जेठ ३० गते १० लाख धरौटीमा छाड्ने आदेश काठमाडौँबाट भएपछि जिल्ला अदालत ललितपुरमा फेरि मुद्दा चलेको थियो । ललितपुर जिल्ला अदालतले श्रेष्ठलाई १२ लाख रुपैयाँ धरौटी लिएर छाडेको छ ।झण्डै ३ करोड बिगो दावी गरिएका श्रेष्ठ धरौटी बुुझाएर छुटेका हुन् ।

भिएलएनले सन् २०१३ नोभेम्बर १ देखि मलेसिया जाने नेपालीको भिसा प्रक्रियाको काम गर्दै आएको छ । भिएलएनले मलेसिया जाने नेपालीको पासपोर्ट दूतावास पुर्याउने र वान स्टप सेन्टर मार्फत संकलन गर्ने नाममा रकम उठाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *