नेकपाको सचिवालय बैठकले तय गर्यो स्थायी समिति बैठकको एजेन्डा

काठमाडौं, असार २० । नेकपाको सचिवालय बैठकले भोलि बस्ने स्थायी समिति बैठकका लागि एजेन्डा तय गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि ३ बजेका लागि बोलाइएको स्थायी समिति बैठकको एजेन्डा तय गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसेको हो ।

भोलि बस्ने स्थायी समिति बैठकमा दुई अध्यक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, सरकारको काम कारवाही तथा समसामयिक राजनीतिक अवस्थाबारे रिपोर्टिङ गर्ने एजेन्डा तय भएको छ ।

स्थायी समितिका सदस्यलाई यसअगाडिको बैठकमा अध्ययनका लागि दिइएको ‘पार्टी सञ्चालन नियमावली’ को विषयमा सुझाव समेत संकलन गर्नेछ ।

‘पार्टी महासचिव विष्णु पौडेल कार्यदलले दिएको नियमावलीमाथि सुझाव संकलन हुनेछ,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘त्यसैका आधारमा नियमावलीलाई अन्तिम रुप दिइने छ ।’

पार्टीको सांगठनिक एकीकरणको विषयमा पनि छलफल हुने तय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *