खानेपानी वितरण गर्ने ट्यांकर सरकारी निर्देशन अटेर गर्दै

काठमाडौं, असार २० ।  उपत्यकाका विभिन्न खानेपानी कम्पनीले बिनास्टिकर पानी बेचिरहेको भेटिएको छ । सरकारले पानीको वर्गीकरणअनुसार बोरिङको पानी अनुगमनका क्रममा ट्यांकरले स्टिकरबिना नै पानी वितरण गरेको भेटिएको हो । बर्खा लागेसँगै पानीको मुहानमा फोहोर पस्ने र पानीजन्य रोग फैलने भएकाले सरकारले उपत्यकाको खानेपानीको मुहान र स्रोतमा अनुगमन थालेको हो ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, अनुगमन शाखाका इन्जिनियर बोधराज दाहालले अहिलेसम्म पाँच सय ५८ वटा मात्रै ट्यांकर दर्ता भएको जानकारी दिनुभयो । तर, उपत्यकामा करिब नौ सय ट्यांकरले पानी आपूर्ति गर्ने उहाँको भनाइ छ ।

घरायसी प्रयोग गर्न मिल्ने पानी बोक्ने ट्यांकरले पहेँलो स्टिकर पाउँछ । उमालेर पिउन र भान्छामा प्रयोग गर्न मिल्ने पानी बोक्ने ट्यांकरमा हरियो स्टिकर लगाउने निर्णय गरिएको थियो । निलो स्टिकर टाँसिएको ट्यांकरले बोक्ने पानी सिधै पिउन मिल्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *