मुग्लिङ सडक: चार किलो र पाँच किलोको बीचमा पहिरो खस्याे, सडक अवरुद्ध
२०७४ जेठ १५ गते

“
चितवन, असार २० । चितवनको नारायणगढ—मुग्लिङ सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
आज बिहान अन्दाजी ५ः३० बजेतिर पहिरो खसेको प्रहरीले अनुमान गरेको छ । अन्दाजी ५० मिटरभन्दा लामो पहिरो खसेको छ । पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रहरीको भनाइ रहेको छ ।
अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








