मलेसियाका पूर्वप्रधानमन्त्री नजिबलाई यस्तो आरोप, घरैबाट पक्राउ

काठमाडौँ, असार १९ । मलेसियाका पूर्व प्रधानमन्त्री दातुक सेरी नजिब तुन रज्जाक पक्राउ परेका छन् । राज्यकोषको रकम हलिउड फिल्ममा लगानी गरेको आरोपमा उनी स्थानीय समय अनुसार मंगलबार विहान ३ बजे आफ्नै घरबाट पक्राउ परेका हुन् ।

भ्रष्टाचार नियन्त्रणका लागि गठित मलेसियन एन्टी करप्सन कमिसन (एमएसीसी) ले उनको पक्राउको घटनाको पुष्टी गरे ।

‘हाम्रो विज्ञप्ति पर्खनुस्’ आयोग स्रोतले भनेको छ । उनलाई एमएसीसीको मुख्यालयमा लगिएको मलेसियन सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =