ज्योती बचतको तेस्रो साधारण सभा सम्पन्न


साउन ७, काठमाडौं । ज्योती बचत कोषको तेस्रो साधारण सभा सम्पन्न भएको छ । काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. ८ स्थित जरंखुमा अवस्थित कोषको आज साधारण सभा भएको हो ।
समाजमा छरिएर रहेका सानासाना पुँजीलाई एकत्रित गरी समुदायमै सरल रुपमा कर्जा प्रवाह गरी सदस्यहरुको आर्थिक स्थिति मजबुत भनाउने उद्देश्यले २०७१ सालमा कोषको स्थापना भएको हो ।
तीन वर्ष अघि ३३ जना सदस्यबाट शुरुवात गरिएको ज्योती कोषमा अहिले ७६ जना सदस्य रहेको र उनीहरुबाटै मासिक ५ सय रुपैंयाका दरले बचत संकलन गरिएको कोषका अध्यक्ष मोहन कुमार डाँगी/क्षेत्रीले बताए । ‘हाम्रो समुदायमा रहेका सबै वर्ग क्षेत्र र समुदायका ब्यक्तिहरुबाट मासिक ५ सय रुपैंया संकलन गरेर सदस्यहरुको आर्थिक अवस्था सुधार्न यो कोष शुरु गरिएको हो ।’ अध्यक्ष मोहन कुमार डाँगी/क्षेत्रीले बताए ।


कोषमा हाल २३ लाख ५८ हजार ४ सय ३१ रुपैंया रहेको सधारण सभामा जानकारी दिइएको छ । कार्यक्रममा कोषको आय ब्यय प्रस्तुत गर्दै अध्यक्ष डाँगी/क्षेत्रीले आगामी साधारण सभासम्ममा कोषमा ५० लाख रुपैंया पु¥याउने लक्ष्य लिएको बताए ।
साधारण सभा कार्यक्रममा कोषका नव प्रवेशी शुलभ मिडिया प्रा.लि.का अध्यक्ष फिलिप कुमार डाँगी/क्षेत्रीले स्थानीय तहमा ज्योती कोषले पु¥याएको सेवाको चर्चा गर्दै कोषको सफलताको शुभकामना दिए ।
कोषको उपाध्यक्षमा सुमन थापा, सचिव ठाकूरनाथ ढुङ्गाना, कोषाध्यक्ष पवित्रा ओली रहेका छन् । भने, सदस्यहरुमा भद्र शिला रसाइली, इश्वरी पण्डीत, राम लेखा उप समिति संयोजकमा कुमार वडही ऋण उप समिति संयोजक वेदराज घिमिरे र सल्लाहकारमा दीपक रिमाल रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *