अाज ठूलो पानी पर्ने संभावना, नदी छेउका बासिन्दालाई सावधानी अपनाउन मौसमविद्काे आग्रह

काठमाडौं, असार १७ । देशका धेरै ठाउँको मौसम बदली भई अहिले पानी परिरहेको छ । मनसुन सक्रिय भएकाले आज देशभरी कै मौसम खुल्ने संभावना कम रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् समिर श्रेष्ठका अनुसार आज र भोलि पानी पर्न रोकिए पनि मौसम खुल्ने संभावना भने कम छ । यस्तै केही ठाउँमा ठूलो पानी पर्ने उहाँको अनुमान छ । विशेषगरी पूर्व र पश्चिमका केही ठाउँमा ठूलो पानीपर्ने संभावना रहेको मौसमविद् श्रेष्ठको भनाई छ ।

ठूलो पानी पर्ने भएकाले भिरालो जमीन र नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन उहाँको आग्रह छ । तराई, चुरे र मध्य पहाडी क्षेत्रमा पानी पर्ने भएकाले पानी नपरेको ठाउँमा पनि बाढी जाने संभावना हुने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + sixteen =