ग्राण्डी अस्पतालमा हेलिकोप्टर दुर्घटनामा

काठमाडाैं, असार १६ । राजधानीको ग्राण्डी अस्पतालमा अवतरण गर्ने क्रममा सिम्रिक एयरको नाइन एन एएलएमआर कलसाइन भएको हेलिकोप्टर दुर्घटनामा परेको छ।

बिरामी बोकेर आएको हेलिकोप्टर अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणको क्रममा शनिबार दिउँसो दुर्घटनामा परेको हो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि गरे। दुर्घटनाबाट हेलिकोप्टरमा क्षति पुगेको भएपनि चालक र यात्रु सकुशल छन्। हेलिकोप्टर माथिल्लो तलाबाट तल्लो तलामा खसेको थियो।

अस्पतालले भने विमानमा चालक (पाइलट) मात्रै रहेको दाबी गरेको छ। उक्त हेलिकोप्टर पाइलट हरेराम थापाले चलाएका थिए।

सिम्रिक एयरका अधिकारीका अनुसार क्षति पुगेको हेलिकोप्टरको चेक जाँचपछि मात्रै उडान भर्न मिल्ने नमिल्ने थाहा हुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =