विवेकशील साझाका संयोजक थापासहित १० जना पक्राउ

काठमाडौं, असार १६। काठमाडौँको माईतिघर मण्डलाबाट निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा विवेकशिल साझा पार्टीका संयोजक उज्वल थापासहित १० जना पक्राउ परेका छन् । चिकित्सा शिक्षामा सुधारको माग गर्दै उनीहरु शनिबार मण्डलामा प्रदर्शनमा उत्रिएका थिए ।

विवेकशील साझाका संयोजक उज्वल थापा, अधिबक्ता डा सुरेन्द्र भण्डारी, शसीविक्रम कार्की लगायतका १० जना पक्राउ परेका विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले जानकारी दिए ।

यसअघि सरकारले विरोध प्रदर्शनका लागि ७ वटा स्थान तोकेर अन्त यस्तो कार्य गरेमा कानूनी कारवाही गर्ने चेतावनी दिएको थियो । पक्राउ परेका नेताहरुले भने आफुहरुले माइतिघर मण्डलामा प्रदर्शन गर्न पाउनुपर्ने माग गर्दै आएका छन् ।

विरोध प्रदर्शन कार्यक्रममा संयोजक मिश्रले राज्यको ढुकुटीमा पहुँच भएकाहरुमा मात्रै नेपालको स्वास्थ्य र शिक्षा रहेको बताए । “प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक दलका नेताहरु सामान्य विरामी हुँदा पनि राज्यको ढुकुटीबाट उपचार गर्न विदेश जाने तर हुम्ला र जुम्लाका जनताले पैसा तिरेर पनि उपचार गर्न पाइरहेका छैनन्,” संयोजक मिश्रले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =