उपत्यकाका यी ठाउँमा तोकियो विरोध प्रदर्शन गर्न, अरु ठाउँमा गरे कारबाही

काठमाडौं, असार १५ ।  शान्तिपुर्वक भेला हुन पाउने मौलिक हकप्रति अनुदार बन्दै तोकिएका निश्चित स्थानबाहेक अन्यत्र धर्ना र विरोध प्रदर्शन गर्न सरकारले बन्देज लगाएको छ ।

गृह मन्त्रालयले काठमाडौंका ७, ललितपुरका ६ र भक्तपुरको १ ठाउँलाई विरोध प्रदर्शन स्थल तोकेको छ ।

हिजो तपाईहरुले पनि सबै ठाउँमा विरोध प्रदर्शन गर्नुभयो, अहिले किन त्यही स्थानमा निषेध गर्दै हुनुहुन्छ ?
भन्ने प्रश्नमा गृहमन्त्रीले भने, हिजोको कुरा बेग्लै भयो । अव बिधिको शासन चल्छ ।

काठमाडौंमा

खुलामञ्च

कोटेश्वरको तीनकुने खुल्ला चौर

पेप्सीकोला खेल मैदान

सानो गौचरन फुटबल मैदान

लैनचोरको समाज कल्याण परिषद् अघिको खुल्ला स्थान

गौशालाको सिफल चौर

भूईखेल, भगवानपाउ

ललितपुरमा

च्यासल खेल मैदान

बज्रबाराही मन्दिर अघिको खुला ठाउँ

गोदावरी बसपार्कको छेउ

भैसेपाटी च्यासीकोटको खुला स्थान

लुभु ससमुच लामाटार

धोबीघाट मुहान पोखरीको छेउ

भक्तपुरमा

सल्लाघारीस्थित नेपाल ट्रस्टको ९९ रोपनी जग्गा”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =