“विद्यार्थीको व्यावसायिक दक्षता विकास गर्न मेरिल्याण्डमा “”समर क्लास”””

विराटनगर, असार १४ । मेरील्याण्ड कलेज विराटनगरले विद्यार्थीको लागि समर क्लास सञ्चालनमा ल्याएको छ । आफ्ना विद्यार्थीका लागि जीवन उपयोगी शिक्षा र उनीहरुको व्यावसायिक दक्षता विकास गर्नका लागि मेरिल्याण्ड कलेजले समर क्लास सञ्चालनमा ल्याएको हो ।

स्नातक तह दोस्रो वर्षका विद्यार्थीका लागि कलेजले बिहिबारबाट सो क्लास सञ्चालनमा ल्याएको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए ।

समर क्लासमा विद्यार्थीहरुलाई ३ महिना सम्म विभिन्न जीवन उपयोगी तालिम, औधोगिक क्षेत्र भ्रमण, लिडरसिप सेमिनारका साथै विभिन्न क्षेत्रका श्रोत व्यक्तिबाट अनुभव आदानप्रदानको कार्यक्रम राखिएको कलेजले जानकारी दिएको छ ।

त्यस्तै विश्वकप फुटबल फिवर फुटसल प्रतियोगिता पनि कलेजमा सञ्चालन हुँदैछ । 

बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयको व्य्वास्थापन संकायको स्नातक तह सञ्चालन गर्दै आएको उक्त कलेजमा विद्यार्थीको आकर्षण बढ्न थालेको छ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित सो कलेजमा बेलायतको बिजनेस डिग्री (बिबिएम) सर्वशुलभ शुल्कमा अन्तरास्ट्रिय स्तरमा नै पढाइ हुँदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा हाल मेरिल्याण्ड कलेज बिराटनगर, इस्लिंग्टन कलेज काठमाडौं, हेराल्ड कलेज काठमाडौं, इटहरी इन्टरनेसनल कलेज र इन्फोम्र्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *