प्रदेश ५ को संसद वैठक प्रतिपक्षबिनै सुचारु

बुटवल, असार १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता बलदेव शर्मा पोखरेलले सत्ता पक्षले वहुमतको आडमा प्रतिपक्षी दललाई अवमूल्यन गरेको बताएका छन् । प्रतिपक्षबिनै बुधबार संसद वैठक सुचारु गरेर संसदीय अभ्यासको खिल्ली उडाएको उनको आरोप छ ।

यसअघि १ बजे बस्दै आएको वैठक बुधबार (आज) १२ बजे नै शुरु भयो । प्रदेश ५ को  प्रदेश सभा बैठक शुरु भइरहदा प्रदेश सभामा आएका कांग्रेसका सांसदहरु संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको कार्यकक्षमा बसेका थिए।

प्रतिपक्षी दलले सबै जिल्ला र निर्वाचन क्षेत्रलाई समानुपातिक तरिकाले वजेट विनियोजन हुनुपर्ने जायज माग राख्दा पनि बेवास्ता र उपेक्षा गर्नुले सरकारको अधिनायकवादी चरित्र छर्लङ्ग भएको नेता पोखरेलको आरोप छ ।

सोमबारदेखि सुरु भएको विनियोजन विधेयकमाथिको छलफलमा सत्तापक्षकै एक दर्जन सांसदहरुले वजेट समावेशी र सन्तुलित नभएको भन्दै आलोचना गरेका थिए ।

वजेट एकपक्षीय र असन्तुलित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टी जनाउंदै आएको छ । तर नेकपाका सांसदहरु भने बजेट राम्रो र उत्कृष्ट आएको दाबी गर्दै आएका छन् ।

बुधबारको बैठकमा पनि सुरुमा बोल्दै  नेकपाका सांसदहरु भुमिश्वर ढकाल र दधिराम शर्माले बजेट राम्रो र उत्कृष्ट आएको दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =