नेटर्वक सेक्युरिटि बिषयक वोर्कसप ‘टियु’ मा

“
काठमाडौं, असार १३ । एकदिने नेटर्वक सेक्युरिटि बिषयक वोर्कसप त्रिभुवन विश्वविद्यालयमा सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयमा आईसिटि अध्यानरत विधार्थिहरुको सस्था ICTE को आयोजना र एस् आई सिटि, नेपाल (SICT-NEPAL) को सहयोगमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्मार्ट च्वाईस टेक्नोलोजिका प्रमुख टेक्निकल अधिकृत दिपेश मास्केले नेटवोर्क सेक्युरीटिको विषयमा करिव दुईघण्टा प्रशिक्षण दिएका थिए । बिकास भुसालले सञ्चालन गरेको उक्त कार्यक्रमा SICT-NEPAL का अध्यक्ष बालकृष्ण अधिकारीले नेपालमा टेक्नोलोजि अन्य देशको तुलनामा छिटो भित्रिए पनि त्यस सम्वन्धि नियम र निकाय बन्न नसक्दा बिकास हुन नसकेको बताए ।
उनले नेपालकको आफ्नो पेमेन्ट कार्ड सन् २००१ मा भित्रएपनि त्यस सम्वन्धि नियम र नियमन बोडि २०१७ मा बनेको बताउदै विकासको लागि आइटि सम्वन्धि राष्टिय पोलिसि समय सापक्ष विकाश र विस्तार गर्दै जानु पर्ने बताए ।
उक्त कार्यक्रममा बोल्दै SICT का सचिव बिशाल महतले आईटिको विकाश बिना देश विकाश हुन नसक्ने बताउदै सबैले आ–आफ्नो ठाउँबाट आईटि क्षेत्रको विकासको निम्ति लाग्नु पर्ने बताए । कार्यक्रममा ICTEका अध्यक्ष सुसिल .खनालले पनि आफ्नो भनाई राखेका थिए ।
“








