मुग्लिन सडकखण्ड: आजपनि पहिरो गयो, बाटो अवरुद्ध

चितवन, असार १३ । मुग्लिन–नारायणगढ सडकखण्डमा आज फेरि पहिरो गएको छ । चार किलोमा बिहान ६ बजे ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ ।

पहाडको एक टुक्रा नै खसेकाले बाटो तत्काल खुल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । अहिले बाटो खुलाउन डोजर तथा एक्साभेटर ल्याउने तयारी भइरहेको छ । पहिरो गए पछि बाटो अवरुद्ध भएको छ ।

हरेक दिन जाने पहिरोका कारण मुग्लिन नारायणगढ सडकको यात्रा कष्टकर बन्दै गएको छ । हिजो बिहान ५ बजेतिर खसेको पहिरो  ११ घण्टा पछि बल्ल खुलेको थियो । तर आज बिहानै फेरि पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =