विश्वकप फुटबल: फ्रान्स समूह विजेता, डेनमार्क उपविजेता

काठमाडौं, असार १३ । फ्रान्स समूह विजेता बन्दै रुसमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेल्दै फ्रान्स समूह बिजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

लुजिनिकी रंगशालामा समूह ‘सी’ मा रहेका दुवै टोलीले पाएको मौकामा गोल गर्न नसक्दा गोलरहित बराबरी खेलेका हुन्  । विश्वकपकै यो पहिलो गोलरहित बराबरी हो । खेल अवधिभर बल पोजिसनमा पकड जमाए पनि फ्रान्सले डेनमार्कविरुद्ध गोल गर्न सकेनन् ।

यो बराबरीपछि फ्रान्सले खेलबाट ७ अंक जोड्यो । फ्रान्सले समूह चरणमा अष्ट्रेलिया र पेरुलाई हराएको थियो । फ्रान्सले अन्तिम १६ मा समूह डी को उपविजेतासँग खेल्ने छन् ।

यता, यो समूहबाट डेनमार्क पनि उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । डेनमार्कले ५ अंक जोड्यो । डेनमार्कले अन्तिम १६ मा समूह डी को बिजेतासँग खेल्ने छ । डेनमार्कले समूह चरणमा पेरुलाई हराएको थियो । यो समूहबाट ३ अंक जोडेको पेरु र १ अंक जोडेको अष्ट्रेलिया समूह चरणबाटै बाहिरियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =